बिनु खड्का इलाम
गुणस्तरीय चिया उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार बढ्ने निश्चित छ । भारतमुखी बजार रहेको नेपाली चियाको गुणस्तर सुधार्न भने उति सहज छैन । कृषक स्तरवाट सञ्चालित धेरै वगान भएकाले त्यहिवाट प्राविधिक ज्ञान दिदै गुुणस्तरीय उत्पादन बढाउनुपर्ने हुन्छ । इलामका गाउँगाउँमा चिया बगान विस्तार भए पनि परम्परागत खेतीकै भरपर्दा उत्पादन र गुणस्तर दुवैमा असर परेको छ । यसै सन्दर्भमा राष्ट्रिय चिया तथा कफि विकास वोर्डले अढाई वर्षदेखि चलाएको परियोजनाले गुणस्तरीय चिया उत्पादन गर्दै अन्तराष्ट्रिय वजार विस्तारकालागि काम गरिरहेको छ ।
चिया रोप्नेदेखि गोडमेल, मल्चिङ, काँटछाँट, टिपाई, प्रशोधनलगायत सवै क्षेत्रमा प्राविधिक ज्ञानको उत्तिकै आवश्यक्त पर्छ । चैतदेखि कात्तिकसम्म चिया टिपाइ भएपछि सबै बगानमा आवश्यकताअनुसार कटाई गर्नुपर्छ । तर कृषकसँग अझै पनि चिया काँटछाँटका लागि पर्याप्त ज्ञान छैन ।
चिया रोप्नेदेखि काँटछाँट गर्ने र प्रशोधनका लागि प्राविधिक ज्ञानको अभाव र दक्ष जनशक्ति नहुँदा किसानले चियाको गुणस्तर कायम गर्न नसकेको अवस्था छ । पर्याप्त ज्ञानको अभावमा उत्पादनमा पनि समस्या छ । ईलामका ठूला चिया कारखानामा भारतीय प्राविधिक ल्याएर प्रशोधन गराइन्छ । तर साना र मझौला कारखानामा भने स्थानीय जनशक्तिले नै काम चलाउनेक गरेका छन् ।
प्राविधिक ज्ञानको अभावमा जिल्लाभरका किसानले भोग्नुपरेको यो साझा समस्या हो । यहि समस्याको समाधानकालागि टि वोर्डले वगानमा नै पुगेर कृषकलाई तालिम दिने व्यवस्था मिलाएको चिया तथा कफि बिकास बोर्डका प्राबिधिक नबिन कोईरालाले बताएका छन ।चियाको समग्र समस्या समाधान गर्दै टि वोर्डले सञ्चालन गरेको परियोजनाले चिया क्षेत्रका सवै पक्षमा सुधार गर्ने प्रयास गरिरहेको छ । वोर्डको दावी अनुसार यो प्रोजेक्ट सफल हुँदा समग्र कृषि क्षेत्रकालागि पनि फाइदा पुुग्ने राट्रिय चिया तथा कफि बिकास बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले बताए ।
नेपालमा उत्पादन हुने वार्षिक ६० लाख किलो अर्थोडक्स चिया मध्ये १० प्रतिशत पश्चिमा वजार र १० प्रतिशत आन्तरिक खपत वाहेक वाँकी ८० प्रतिशत भारतीय वजारमा निर्यात हुन्छ । वार्षिक ४ अर्ब भन्दा धेरै विदेशी मुद्रा चियाले भित्र्याउदै आएको छ । चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्दै किसानहरूमा खेतीबारे पर्याप्त ज्ञान प्रदान गर्दै आम्दानी बढाउनु अहिलेको आवश्यक्ता हो । योसँगै गुणस्तरीय उत्पादन गरेर अन्तराष्ट्रिय वजारको विकल्प खोज्ने वोर्डको प्रयास सराहनीय छ ।