काठमाडौं । शैक्षिकसत्र २०७९ मा लिईएको एसइई परिक्षाको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको हो ।
नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागिनसकेको अध्यक्ष शर्माले जानकारी दिएका हुन् ।
उनले भने, ’नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन। पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुन्छ।’