इलाम : इलाममा २० औँ धान दिवश इलाममा समेत सामुहिक रोपाई गरेर मनाइएको छ । इलाम नगरपालिका वडा नम्वर ९ को आयोजना तथा कृषि ज्ञान केन्द्रको सम्योजनमा शुक्रबार यो दिवश मनाइएको हो ।हाल आधुनिक प्रविधि भित्रिएसँगै कृषि कर्ममा सहज भएको छ । तर नयाँ पुस्तालाई पुरानो चलन देखाउन र बिर्सिँएकाहरुलाई सम्झाउन समेत इलाम नगरपालिका वडा नम्वर ९ ले गोरुको प्रयोग गरेर हलोर दाँदे साथै कुटो, कोदालो साथै फ्याउरीको प्रयोग गरेर रोपाइँ गर्दै यो दिवश मनाएको छ ।
पुराना वस्तुको जगेर्ना गर्न स्थानिय सरकारले ध्यान दिनु पर्ने भएकाले आफुहरुले यसरी यो दिवश मनाइएको वडाध्यक्ष गोपाल चौहानले बताए ।यस वर्ष ढिलो गरि बर्षा भयो । खोलाखोल्सी छेउको बेँसीमा यस अघि नै रोपाईँ भए कति पय खेतहरु आकाशे पानीको भर पर्नुपर्ने अवस्था छत्यस्ता खेतहरुमा भर्खर रोपाई चलिरहेको छ ।मौषमका कारण यस वर्ष इलाममाकरिव १० प्रतिशत मात्र रोपाईँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।जलबायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने नारा सहित देशैभर यो दिवश मनाइने गरिन्छ ।
नौमती बाजा सहित रोपाहार र बाउसेले रोपाई गरेको दृष्य निकै राम्रो देखिन्छ । अझ सामुहिक रोपाइर्ले त झनै अर्को मजा दिन्छ । तर दैनिक कृषि कर्म नै गरेर गुजारा गर्ने किसानकका पिडा अलिक फरक छन् । समयमा मल, बिउ पर्याप्त पुर्याउन सके मात्र पनि उनीहरुलाई निकै राहत मिल्ने थियो ।सरकारले कृषिमा वर्षेनि धेरै बजेट हाल्ने थर्दछ तर वास्तविक किसानले अनुदान र सरकारी सुविधा नपाएको गुनाशो गर्ने गरेका छन् । सरकारले किसानको समस्या पहिचान गरेर समाधान तर्फ लाग्ने हो भने किसानहरु कृषि कर्मबाट निरास हुनु पर्ने थिएन ।