पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणको क्रममा पाँचथर आइपुगेका छन् । मन्त्रि शनिबार स्थलमार्ग हुँदै इलामबाट पाँचथर सदरमुकाम फिदिम पुगेका हुन् ।
उनी प्राविधिकहरूको टोलीसहित पाँचथर सहित नेपालको बाढीग्रस्त स्थानहरूको भ्रमणमा निस्किएको बताईको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा जनप्रतिनिधिहरु र जिल्लाका सरोकारवालाहरु सँग अन्तक्रिया गरेका छन् ।
मन्त्री ज्वाला पाँचथरको तमोर करिडोरको,हेवा खोला हुँदै च्याङथापु सम्म अनुगमनमा जाने बताइएको छ ।मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ।