- बिनु खड्का
इलाम । इलाम नगरपालिकाको पहलमा सोमवार इलाम बजार क्षेत्रमा अनुगमन गरिएको छ । इलाम नगरपालिका नेतृत्वमा नगर क्षेत्रमा रहेका औषधि पसल, अस्पताल र बजारको अनुगमन गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालका अनुसार इलाम बजार अनुगमनका क्रममा जिल्ला अस्पतालको फार्मेसीमा पनि म्याद सकिएको औषधि भेटिएको हो ।
उपमेयर दाहालका अनुसार अनुगमनका क्रममा इलाम नगरपालिका ७ भानुपथमा संचालित बिपिना ब्रदर्श किराना पसलमा ग्राहकहरुलाइ बेचिने सामानहरुमा तौलमा कमी भएको भेटिएको छ ।
दाल, चिनी, पिठो लगायत खाधान्न सामाग्रीहरु तौलेर हेर्ने क्रममा उक्त सामाग्रीमा तोकिएको परिमाण नभएको भेटिएको हो । बजार रहेको मालापथमा संचालित कुसल किराना पसल, र पुजा स्टोरमा पनि म्याद सकिएको सामानहरु भेटिएको छ ।
उपमेयर दाहालले भनिन्, ‘अस्पतालको फार्मेसीमा अनुगमनको क्रममा औषधिको मिति गुज्रिएको भेटिएको छ भने बजारमा किराना पसलहरुमा राखिएका खाद्यान्न लगायतका सामाग्रीहरुको मिति सकिएको भेटिएको छ ।’
अनुगमनका क्रममा कमजोरी भेटिएका फार्मेसी र पसलहरुलाई तत्काल सुधार गर्न चेतावनी दिएको इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालले नीतिसञ्चारलाई बताईंन ।
दाहालको नेतृत्वमा जिल्ला प्रसासन कार्यलयका प्रतिनिधि घरेलु, स्वास्थ्य,उद्योग बाणिज्य संघ जिल्ला प्रहरी कार्यलय तथा पत्रकारहरुको उपस्थितिमा बजारका किराना पसल,मासु पसल,औषधि,मिठाइ पसलहरु गरी जम्मा ३३ वटा पसलहरु अनुगमन गरेका थिए ।