इलाम : इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको धारीलो हतियार प्रहार गरी हत्या गरेका छन्।
माई नगरपालिका–३ का ३९ वर्षे सन्तोष खातीले भाइबुहारी २३ वर्षीया अमृता खातीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
गएराति सन्तोषले बुहारीको दायाँ पाखुरा, गर्धनमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते बनेकी अमृताको उपचारको क्रममा आज मंगलबार झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। हतियार प्रहार गरी सन्तोष फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।