विराटनगर १० भदौ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।
उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बिहीबार बिहान विराटनगरस्थित एशिया होटलमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेताका रुपमा प्रस्ताव गरेका थिए ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्रीका लागि सिफारिस गर्न पुगेको थिए । राईले संसदीय दलको बैठकमा आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए।