इलाम : तमोर करिडोर अन्तर्गत धनकुटा र पाँचथरलाइ जोड्ने नावाखोलामा आएको बाढीले ५ हजार ७ सय बिस लिटर डिजेल बगाएको छ छ । मंगलबार बिहान ४ बजे धरान देखि पाँचथरको यासोक जांदै गरेको बा १ क ५११२ नम्बर गरेको ट्रिपर बाढीमा फस्दा डिजेल बगेको हो । उक्त डिजेल टिफरमा लोड गरेर लगिदै थियो ।ट्रिपरमा रहेको २६ ड्रम डिजेल बाडिमा परेर बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख डिएसपी हरि खतिवडाले जानकारी दिए ।बाडिमा डुबेको ट्रिपरका चालक दोलखा जिरी घर भएका २४ वर्षिय अमृत श्रेष्ठ भने सकुशल रहेको पनि खतिवडाको बताएका छन ।
हेवा खोलामा पानीको सतह बढेका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवा खोलामा डाइभर्सन गरेर सवारी र ढुवानीका साधन आवागमनका लागि बाटो खुलाइएको थियो ।
सोमबार साँझदेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षा भएका कारण पुनः पानीको सतह बढेपछि यातायात राजमार्ग अवरुद्ध भएको हो ।असार २ गते राति आएको बाढीका कारण हेवा खोला पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड कतिपय अवरुद्ध छ ।