इलाम : इलाम सहित कोशी प्रदेश भरी मंगलबारबाट ट्राफिक सप्ताहको सुभारम्भ गरिएको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कोशी प्रदेशमा आजबाट ‘ट्राफिक सप्ताह २०८०’ सुरु गरिएको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीको आयोजनमा १४ वटै जिल्लामा मंगलबारबाट यो अभियान सञ्चालन हुनेछ ।
बिहान प्रभात फेरी सहित औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
टुँडिखेलदेखी सुरु भएको प्रभातफेरी गौतमबुद्ध सभागृह ९सिटी हल० मा आएर औपाचारिक कार्यक्रममा परिणत भएको थियो ।
औपचारिक कार्यक्रममा बोल्दै इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले अभियानले बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा थप प्रभावकारी हुने अपेक्षा लिइएको बताए ।उनले बालबालिका देखी नै ट्राफिक नियक सिकाउन जरुर रहेको धारणा राखे ।
ट्राफिक प्रहरी प्रमुख दिपक दुलालले सात दिन बिशेष गरेर सर्वसाधरण देखी सवारी चालकहरुलाई सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा र बाटो बाट्दा यात्रीले अपनाउनु पर्ने सुरक्षका बिषयमा जानकारी गराइने बताए ।यो हप्ता जिल्ला भरी नै ट्राफिक नियमको बिषयमा जानकारी गराउने कार्यक्रम तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका रिद्धि खनालको भनाई छ ।
कार्यक्रममा सुरक्षा निकाय, सवारी ब्यवसायी र चालक, बिद्यार्थी तथा स्थानियको सहभागिता रहेको थियो ।सवारी चलाउँदा बेल्टको प्रयोग गरौँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, मापसे गरि सवारी नचलाउँ जस्ता प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो ।