काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।प्रधानमन्त्रि दाहाललेआफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो ।
बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । यनले प्रधानमन्त्रीका कारण नेपालीको शीर निहुरेको भन्दै अहिलेको अवस्थामा सभाको कामकारवाही अघि बढ्न नसक्ने जिकिर गरे ।
एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह समेत गरेका थिएतर एमाले सांसदहरुले निरन्तर विरोध जनाएपछि यनले बैठक स्थगित गरे । स्थगित भएको राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।