इलाम : इलामको माईजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन । बिहिबार राती माईजोगमाई २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफनी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर नजिकैको नेबारोको रुखमा आफुले पनि पाुो लगाई आत्महत्या गरेका हुन ।
खतिडाका २ श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडा संग बस्दै आएका पिताम्बरले राती जेठी श्रीमतीको घरमा गएर धारीलो हतियार प्रहार गरी राधिकाको हत्या गरेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
राति चिच्याएको आवाज सुनेर छिमेकीहरु त्यहां पुग्दा राधिका भान्सा कोठाका लडिरहेको भेटे पछि घट्ना भएको स्थानियले थाहा भएको स्थानिय तोया महतले बताए । मृतक राधिका आफ्नी छोरी रचना संग बस्तै आएकी थिन भने रचना सकुसल रहेको महतले बताए । कान्छि श्रीमतिलाई बिहिबार यिंसो माइति घर पठाई उक्त घट्ना घटाएको प्रहरीले जनाएको छ । दुइ दिन अघि मात्र इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका थिए ।