इलाम : इलामको पसुपतिनगर नाका बिहिबार साँझ ५ बजेदेखि तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा पञ्चायत जनरल इलेक्सन हनलागेको कारण नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो । त्यस समय सम्मका लागि नाका शिल गरी आवत जावतमा ठप्प पारीएको छ । जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताएका छन ।