ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फुटपछिको एमाले बैठक : कति औं भन्नेमा मौन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १० गते, १३:५५ बजे
फुटपछिको एमाले बैठक : कति औं भन्नेमा मौन
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, १० भदौ । औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको एमालेको केन्द्रीय कमिटी बैठक कति औं बैठक हो भन्ने विषयमा मौन बसेकोे छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।

सर्वोच्च अदालतले गत २८ असारमा एकीकृत भएर बनेको नेकपालाई आधिकारिकता दिन इन्कार गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेले १०औं केन्द्रीय कमिटी बैठक डाकेको थियो ।

असन्तुष्ट बनेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहबिनै एमालेले यसअघि १८ असारमा १३औं केन्द्रीय कमिटी बैठक बसेको थियो ।

असन्तुष्ट भनिएका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी सो बैठकलाई १०औं बैठक मान्ने सहमति भए पनि बैठकको ब्यानरमा १३औं उल्लेख थियो ।

ओली पक्षधर नेताहरूले नेपाल समूहका नेतासँग ३ जेठको अवस्थाबाट बैठक डाक्ने सहमति गरेका थिए । सो सहमतिअनुसार १०औं बैठक हुनुपर्ने थियो । तर एमालेले त्यो बैठकलाई १३औं भनेको थियो ।

अनेकौं विवादपछि माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । नेपालसँग एकता वार्ताका क्रममा १० बुँदे सहमति भयो । तर सो सहमतिलाई नेपालले मानेनन् । नेपाल समूहको तर्फवाट वार्तामा सहभागी नेता भीम रावललगायतका नेताहरू र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने र ३ जेठको अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भयो ।

सोही सहमतिअनुसार विगतमा नेपाल पक्षमा खुलेका नौजना स्थायी कमिटी सदस्य हिजोको स्थायी कमिटी बैठकमा सहभागी भए । १० बुँदे सहमतिअनुसार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज बसेको केन्द्रीय कमिटी बैठक १०औं हुनुपर्ने हो ।

तर तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकको ब्यानरमा भने  केन्द्रीय कमिटीको कति औं बैठक भनेर केही खुलाइएको छैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist