कालीकोट : अज्ञात रोगका कारण कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा तीन सय ११ जना मानिस बिरामी परेका छन् । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ ।
अज्ञात रोग फैलिएको जानकारी पाउने बित्तिकै जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेर
बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको छ महतले भने ।’
अधिकांश बिरामी महिला र बालबालिका रहेका छन । शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेकोतिलागुफा नगर अस्तालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए ।उपचारका लागि आउने बिरामीहरु दुई सय छ जना १५ वर्षमुनिका छन् । सबै बिरामीमा एउटै किसिमको लक्षण देखिएको डा। आचार्यले बताए ।