ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लुटपाटमा संलग्न पाँच जना पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २४ गते, १७:०३ बजे
ब्राउनसुगरसहित भद्रपुरबाट भारतीय नागरिक पक्राउ
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो ।

पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले काठमाडौँका विभिन्न स्थलमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई लक्षित गरेर शृङ्खलाबद्धरुपमा महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेका थिए । रवीन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएको सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले बताए ।

उनले भने, “पक्राउ परेकाहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बङ्गलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ, टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो ।”

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्धरुपमा बाइक प्रयोग गरेर महिलालाई लक्षित गरी लुट्ने गरेको प्रहरीको दाबी छ ।

उनीहरुले राजधानीका विभिन्न आठ स्थानमा यसरी लुटपाट गरेको खुलेको र सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्ममा भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट सुनको ढिक्का एक थान, तौल गर्दा करिब एक तोलाको सिक्री र लुटपाट गर्दा प्रयोग भएका मोटरसाइकल दुई थान, माबाइल छ थान तथा सुनको हार ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist