काठमाण्डौ १० भदौ । नेकपा एमाले पार्टीमा एक अर्कालाई आरोप लगाउने काम अझै टुङगिएको छैन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलन र सिद्धान्तबाट धेरै पर पुगिसकेको आरोप आज लगाएका छन् ।
आज भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भ्रष्ट र धोकेवाज नेता भएको कम्युनिस्ट सिद्धान्तबाट विचलित भइसकेको बताए ।
उनले सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष भएर पनि अरुको कुरा नसुन्ने, कम्युनिस्ट आदर्शलाई फलो नगरेको, ओलीले आफ्नो प्रशंसामा नाच्नेलाई मात्रै आफ्नो ठाने, हामीजस्ता क्रान्तिकारीलाई घोचपेच र पीडित बनाउने मात्रै काम गरे’, भनेर भनेका छन् ।
नेता नेपालले पहिले आफ्नो पक्षमा रहेका नेताहरू अहिले ओली पक्षमा गएकोमा दु;ख नलागेको बताउनुभयो ।
‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् भन्दै पहिले आफ्नो पक्षमा र अहिले केपिको पक्षमा गएकोमा आफँुलाई दुःख नलागेको पनि बताएका छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, अध्यक्ष नेपालले भने ।