ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सांसदको माग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २६ गते, १२:४९ बजे
अपराध बढेसँगै सीमामा आवतजावत गर्नेको विवरण राख्न निर्देशन’
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनिकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएको भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । उनले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।

सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाको मुकुन्द नेपाली र बसन्ती देवीबीचको प्रेम विवाहलाई लिएर उनका दाजुले मुकुन्दको घरमा आगजनी गरेको, दाङ घोराहीमा दुई विद्यार्थीलाई दलित भन्ने थाहा भएपछि घरबाट निकालिएको र बाँकेमा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादमा हातपात गर्ने कामप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको सुर्खेत उपत्यकाका जनताले पानी खान नपाएकाले जनजीवन कष्टकार बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै र त्यसमा पानी परियोजना तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे ।

सांसद नारायणदत्त मिश्रले समयमै मलको पर्याप्त व्यवस्था नहुँदा किसानहरु प्रभावित भएको र कैलालीमा पानी नपर्दा जनता मर्माहत भएकोप्रति सरकारलाई जानकारी गराए ।

सांसद नारायणप्रसाद दाहालले असार १५ पछि किसानको धान रोप्ने चटारो हुनुपर्ने अवस्थामा धेरै स्थानमा पानी अभावका कारण धान रोप्न नपाएको उल्लेख गर्दै चितवनका जनताले पनि पानी अभावका कारण धान रोप्न नपाएको बताए ।

सांसद मदनकुमारी शाहले देश निर्माण गर्नका लागि अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि सबैको ध्यान दिनुपर्नेमा जोड दिए । सांसद सुरेशकुमार आलेमगरले राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामा पुनलाई मगरबाट र मालीलाई नेवारबाट लगत बनाएर छुट्टै जाति बनाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्चयाउन माग गरे । शून्य समयमा सांसद भुवनबहादुर सुनुवारले निजामतीमा दलितका लागि छुट्याइएको आरक्षणका विषय उठान गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist