इलाम : झापाको धुलाबारी स्थित मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० धुलाबारीका ८ वर्षीय तान्छोक लिम्बुको आज मृत्यु भएको छ ।आज विहान साढे १० बजेतिर उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको मृत्यु भएकोप्रहरीले बताएको छ।
सोमवार दिउँसो साढे १२ बजेपछि उनी धुलाबारीको सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा पढ्न गएको बेला शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।सेप्टिक ट्यांकीको मुख प्लाईवोडले ढाकिए थियो । पानीले भिजेर पोचिएको उक्त प्लाई बालकको वजन थाम्न नसकेर भाचिए पछि दुर्घटना भएको थियो ।