ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २७ गते, १५:१३ बजे
‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’
18
SHARES
Share on FacebookShare on Twitter

नवलपुर । कहिले जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोट–८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडिआरसी)को ४५औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षरोपण एवं अन्तरक्रिया कार्यक्रमका  सहभागीले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण गर्दै वन संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भिडिआरसीकी अध्यक्ष लक्ष्मी गौतमले पछिल्लो समय मानिसले प्राकृतिक सम्पदाको दोहन धेरै भइरहेको भन्दै प्राकृतिक सम्पदाको विनास रोकेर वन संरक्षण गर्नुपर्ने बताए । भिडिआरसीले ४५ वर्षअघि गैँडाकोट–२ को नारायणी नदी किनारमा वृक्षरोपण गरेको स्मरण गर्दै उनले संस्थाले नियमित वन संरक्षणका क्षेत्रमा काम गरिरहेको बताए ।

“वन तथा वातावरण संरक्षणमा समुदायका सबैको चासो र सहयोग आवश्यक छ” अध्यक्ष गौतमले भने, “वनले बाढीपहिरो तथा भूक्षय रोक्नुका साथै पृथ्वीवासीलाई स्वच्छ अक्सिजन दिएर स्वस्थ हुन मद्दत गरिरहेको हुन्छ ।” नदी किनारमा रोपिएका वन अतिक्रमणको चपेटामा परेको भन्दै उनले पछिल्लो समय बस्ती नजिकका वन मासिने त्रास सिर्जना भएको बताए ।

मानवीय र प्राकृतिक कारणबाट पृथ्वीमा विभिन्न खालका ग्यास उत्सर्जन भइरहने हुनाले वन जङ्गलले त्यस्ता खालका ग्यास सोसेर राख्ने भन्दै वातावरण स्वच्छ बनाउन वन आवश्यक हुने धारण अध्यक्ष गौतमले राखे । वन विनाशका कारण जलवायु परिवर्तनको असर बढेर जाने विषयमा समुदायलाई शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । बस्ती नजिकका वनका रुख÷बिरुवा काटेर घरटहरा निर्माण गर्ने प्रयास भइरहेको भन्दै यस्तो कार्य रोक्नुपर्ने उनको भनाइ थियो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले हामीले वृक्षरोपण गर्नुपर्ने कुरालाई छोडेर वन विनाश गर्नतर्फ लागिरहेको बताए । “हामीले जङ्गल बँचाउनेतर्फ लाग्नुपर्नेमा यो विषय छोडेर नाश गर्नेतिर लागिरहेका छौँ” उनले भने, “निजी क्षेत्रको स्वार्थ पूर्तिका लागि तत्काल रुख काट्न अनुमति दिने सरकारले राष्ट्रिय गौरवको आयोजनाको सडक विस्तारका लागि रुख काट्न अनुमति दिँदैन ।” हामीले जतिसक्दो बढी वृक्षरोपण गरेर वातावरणलाई स्वच्छ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

भावी सन्ततिका लागि भए पनि हामीले वन संरक्षण गरी वृक्षरोपण गर्नुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिए । “रुख रोपौँ, वन जङ्गल बचाऔँ”, उनले भने, “हाम्रै कारण जलवायु परिवर्तन तीव्ररुपमा भएर असरसमेत देखा पर्न थालेका छन् । भावी सन्ततिका लागि स्वस्थ वातावरण छोडेर जानु हाम्रो कर्तव्य हो ।” जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम पर्न सुरु भएपछि नारायणीलगायत नदीमा हिउँदमा पानीको मात्रा कम हुँदै गएको, घडियाल गोही जस्ता जनावर सङ्कटापन्न अवस्थामा पुगेका उनको भनाइ थियो ।

कार्यक्रममा ‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै भिडिआरसीका उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अङ्ग्रेजी भाषा सम्पादक कृष्ण सापकोटाले जलवायु परिवर्तनबारे सबैले बुझ्ने भाषामा मानिसलाई सूचना दिनुपर्ने बताए । “जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ” उनले भने, “सरोकारवाला निकायलाई जलवायु परिवर्तनबारे चेतना फैलाउने, बहस र पैरवी गर्दै वकालत गर्ने काम सञ्चार माध्यमको हो ।”

नागरिक स्वतन्त्रताको मुख्य विषय जलवायु परिवर्तन भएकाले यसको पक्षधर भएका कारण सञ्चार माध्यमले स्थानीय तहदेखि सङ्घीय सरकारसम्मलाई यस विषयमा सचेत बनाउनुपर्ने सापकोटाको भनाइ थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. उज्ज्वल तिवारीले ‘जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन’बारे कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तन र यसको असर अध्ययन गर्न ३० वर्षभन्दा बढीको मौसम अध्ययन अनुसन्धान गर्नुपर्ने बताए । विश्वव्यापी तापमान वृद्धिका प्रमुख कारण जलवायु परिवर्तन भएको भन्दै मानवीय क्रियाकलापले जलवायु परिवर्तन भइरहेको उनले बताए ।

जलवायु परिवर्तनले विभिन्न प्राकृतिक विपत्ति निम्त्याउने भन्दै प्राध्यापक डा. तिवारीले यसबारे हामी सबै सचेत हुनुपर्नेमा जोड दिए । प्राकृतिक स्रोतको चरम दोहन हुँदा जलवायु परिवर्तन भइरहेकाले पृथ्वीमा अतिवृष्टि, अनावृष्टि, तापमान वृद्धिलगायतका समस्या देखा परिसकेको उनको भनाइ थियो । हिमालमा फल्ने फलफूल तराईमा फल्न थाल्नु, तराईका फलफूल हिमालमा फल्नु, लामखुट्टे हिमालमा देखा पर्नुलगायत कुरा जलवायु परिवर्तनका असर भएको उनले बताए ।

कृषि र वातावरण क्षेत्रका विज्ञ खडगजङ्ग गुरुङले ‘जलवायु परिवर्तन : विज्ञान र असर’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले मौसमसम्बन्धी क्षणिक समयको अध्ययनका साथै जलवायु परिवर्तनबारे दीर्घकालीन मौसमको अध्ययन गर्नुपर्ने बताए । यातायातका साधन, फोहरमैला, औद्योगीकरण, सहरीकरण, आगलागी, हरित गृह ग्यास उत्सर्जनलगायत कारण तीव्ररुपमा जलवायु परिवर्तन भइरहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्यबाली, पर्यावरणलगायत क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै गुरुङले मानिस प्राङ्गारिक खेतीतर्फ जानुपर्नेमा जोड दिए । विजय विकास स्रोत केन्द्रको स्थापना दिवसका अवसरमा केन्द्रको परिसरमा आँप, अम्बालगायत बिरुवा रोपिएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist