पाँचथर । पाँचथरमा गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । यो समाचार तयार पार्दा सम्म मृतकको सनाखत हुन सकेको छैन ।
मेचि राजमार्ग अन्तरर्गत फिदिम-३ लालीखर्कमा बुधबार दिउसो १ः३० बजेतिर पैदल हिँडिरहेका उनलाई प्रदेश २- ०३- ००१ ख ४८०७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालकको खोजी भईरहेको र घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।