– कवि देवीप्रसाद मिश्र
`भानुको सम्झनामा´
धराका बला हे ,तिमी भानुभक्त
सफा साधनाले कलामा सशक्त
थियाै बीज राेपेर छाड्याै थलामा
फलेको छ सम्पूर्ण हाम्रा गरामा।।१।।
छ उत्तुङ्ग याे वृक्ष साहित्य तिम्रो
यसै वृक्षका फेदमा चित्त हाम्रो
घुमेकाे सदा हुन्छ जाँदैन टाढा
रहाेस् साथमा नाथकाे प्रेम गाढा।।२।।
कला साध्य गर्ने छ याे कल्पवृक्ष
गरे कल्पना विश्व देखिन्छ दृश्य
बसी आडमा चित्त पारी पवित्र
म काेरूँ सधैँ काव्यगाथा सचित्र।।३।।
थिएँ भानुगाथा पढेको रमाई
त्यही प्रेरणाले सतायाे मलाई
म बस्ने भएँ वृक्षका फेद आई
मिलाेस् नाथकाे,साथ राम्रो मलाई।।४।।
चुलामा कुलामा र बेँसी गरामा
सबै विश्वका यी कुनाकन्दरामा
खलामा थलामा अनेकौँ पलामा
कला झल्ल देखेँ सबैका गलामा।।५।।
सदा भानु जप्दै बनाएर वेदी
यही आडमा बस्न खाेज्दै छ देवी
झुलाेस् चित्त मेराे सदा साधनामा
गरेँ कल्पना भानुका सम्झनामा।।६।।
छन्द : भुजङ्गप्रयात