काठमाडौं ११ भदौ । १ नम्बर प्रदेश र बागमती प्रदेशमा नेकपा एमाले विभाजनको असर देखिन थालेको छ । एमाले औपचारिकरुपले विभाजन हुनुभन्दा आगडि नैं बागमती प्रदेशमा डोरमणी पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाईएको थियो भने प्रदेश १ मा हिजो शेरधन राईको ठाउँमा भिम आचार्य मुख्यमन्त्री बनाइएको थियो ।
नेकपा एमाले विभाजन संगै यी दुबै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भिम आचार्यले विश्वाशको मत पाउन भने कठिन देखिएको छ ।
नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हिजो पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।
आचार्यले सपथ लिए संगै अहिलेकोे प्राथमिकताका बहुमत जोगाउनु रहेको जानकारी दिए । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेसँग ५२ सांसद छन् ।
सांसद नेकपा एकीकृत समाजवादीमा कति जना सदस्य र सांसद जाने हो यकिन छैन । अहिले ९३ सदस्यीय टोली र ५२ सांसद छन् । आचार्य अल्पमतमा पर्ने निश्चित छ यदी ६ जना भन्दा बढी सांसद एकीकृत समाजवादीतिर भने ।







