विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए पार्टीको औचित्य समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको उल्लेख गरे । उनले भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त बताए ।
नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको दाबी गरे । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उल्लेख गर्दै उनले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।
‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जता हेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीं भ्रष्टाचार देखिन्छ । यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशिलताको हिसाबले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ’ उनले भने ।
उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । ‘हुँदाहुँदा कानुन नै हामीहरु यस्तो बनाउन खोज्दैछौं, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु’ उनले भने,’ भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने रु यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौं भन्नेकुरा तपाईंहरुको माझ राख्न चाहन्छु ।’