काठमाण्डौं । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन हुने भएको छ ।
सवारी चालक अनुमति पत्र लिखित तथा प्रयोगात्मक परीक्षा गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको हो ।
विभागले लाइसेन्सका लागि देशभरिका यातायात कार्यालयलाई पत्रचार गरेको छ । परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छविभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।
भुसालले आवेदन दिएकाहरूले “१० देखि १५ दिनमा “परीक्षा दिन पाउने जानकारी दिएका छन् ।
“पछिल्लो परिस्थिति हेर्दा हामी ’न्यू नर्मल’ मा बाँच्नुपर्ने स्थिति आयो । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहिबार पत्राचार गरेका छौँ,“ उनले भने ।
कोरोनाका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स प्राप्त गर्नका लागि सञ्चालन गरिने परीक्षा हुन पाएको छैन । त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो ,“ उनले भने ।
विभागले परीक्षा सञ्चालन गर्ने कार्य अघि बढाए पनि सबै किसिमका परीक्षा सञ्चालन गर्नमा रोक लगाइएको अवस्थामा त्यो अघि बढ्न सकेको थिएन ।
भुसालले जानकारी गराए अनुसार अहिले लगभग छ लाख जनाले लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिने प्रक्रियामै रहेको र अब अहिले खोल्यो भने फेरी अर्को छ लाख आवेदन थपिने अनुमान गर्न सकिन्छ ।
यातायात विभाग कार्यालयले नेपालमा १६ वर्षभन्दा माथिका नागरिकले सवारी लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था राखेको छ ।
स्मार्ट लाइसेन्स कार्ड प्राप्त गर्न कति समय लाग्छ?
स्मार्ट लाइसेन्सका लागि विभागले सात लाख सेवाग्राहीलाई अझै पनि स्मार्ट लाइसेन्स दिन नसकिएको जानकारी दिएको छ ।
स्मार्ट लाईसेन्स लिन सेवाग्राही लामो समयदेखि प्रतीक्षारत छन् । उनिहरुले स्मार्ट लाइसेन्स प्राप्त गरिहाल्ने अवस्था भने अझै नदेखिने विभागको छ ।







