विराटनगर । नेपाली कांग्रेसले असंवैधानिक तरिकाले सरकार बनाउन लागेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै कार्कीले कोशी प्रदेश सरकारको सत्ता प्राप्तिका लागि कांग्रेसले कानूनको सर्वोच्चतालाई कुल्चिएर सभामुखलाई राजीनामा गराउन लागिपरेको दावी गरे ।
पत्रकारको एक प्रश्नमा नेता कार्कीले कांग्रेस र एमाले मिलेर प्रदेश सरकार बनाउन सकिने कार्कीको भनाई छ । कांग्रेसकै कारण एक ठाउँमा उभिएर अघि बढ्ने सम्भावना नदेखिएको बताउँदै कार्कीले भने, ‘अहिलेको राजनीतिक संक्रमणको अन्त्यका लागि, राजनीतिक अस्थिरता हल गर्न कांग्रेस–एमाले एक ठाउँमा हुनुपर्छ।’
कांग्रेसले अहिलेको अवस्थालाई हल गर्न सक्ने सम्भावना आफुले नदेखेको बताउँदै नेता कार्कीले कांग्रेस असंसदीय मान्यता र कानूनको सर्वोच्चतालाई कुल्चिएर अहिले पनि सभामुखको राजीनामा गराएर अमर्यादित काम गर्दै सत्ता हासिल गर्न खोजिरहेको आरोप लगाए ।
सभामुखले राजीनामा दिए पनि एमालेतर्फबाट उपसभामुखले तत्काल राजीनामा नदिने उनले बताए।