– सुमन रेग्मी
इटहरी । तरहराका लालबहादुर विश्वकर्मालाई सहयोग श्री भवानीपुर शिव मन्दिर, इटहरी -१९ भवानीपुरमा नगद सहयोग गरिएको छ।बैंकिङ्ग ठगी कसुर मुद्दा खेपीरहेका लाल बहादुर विश्वकर्माले गत १६ गते सफाई पाएका थिए।
उक्त कार्यक्रममा लिबरल सोसाइटीका अध्यक्षले भने, `यो सहयोग हामीले अगाडी नै गर्न खोजेको थिए । वकिललाई तिनुपर्ने खर्चको लागि सहयोग होस भन्ने हेतुले हामी उक्त रकम दिन खोजिए थियो । तर, १६ गते नै लाल बहादुर न्याय पाएपछि उक्त रकम उनको घर चलाउन सहज होस भनी हामीले अहिले दिन लागेका हौं ।´
उक्त सहयोग हङकङ निवासी साविक हाँसपोसा बसिन्दाहरुको संस्था `तरहरा हङकङ मन्च´ बाट आएको हो।
कार्यक्रममा इटहरी-२० का वडा सदस्यले भने, `कहिलेकाहीं हामी नितिगत गल्ती गर्छौं कानुन त्यो बुझ्दैन । लालबहादुर जी को घट्नाबाट हामी कुनैपनि ठाउँ हस्ताक्षर गर्दा पढेर बुझेर मात्र गर्नुपर्छ ।´
लालबहादुरलाई एक लाख बत्तिस हार दुई चौरानब्बे रुपैयाँ लिबरलका अध्यक्ष सुबेक्छु देवान राई र हङकङ तरहरा मन्चका सदस्य शिव राईद्वारा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लालबहादुर विकलाई प्रमुख अतिथि बनाईएको थियो । लालबहादुर वि.कले आफ्नो कुरा राख्दै भने, `म त एक प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कैयौं लालबहादुरहरु कारागार जेल जीवन भोगीरहेका छन् । मेरो लागि हजुरहरुले आवाज उठाईदिनु भयो म मैले न्याय पाए हजुरहरु सबै हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।´