इलाम। पानीको बहाव धेरै बढे पछि सप्तकोशी नदिको सबै ढोका खोलिएको छ। सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रका बस्तिमा बस्ने सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह समेत गरेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू भागको नजिक अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू भागका केही र बाँकी भू भागका थोरै स्थानहरूमा वर्षा भइरहेको कारण सबैलाई शुरक्षित रहन समेत आग्रह गरेको छ।