इलाम । सदस्यले बचत बापतको रकम फिर्ता नपाएको विषयमा समाचार लेखेको विषयलाई लिएर पत्रकार लिलाबहादुर लिम्बूलाई धम्की दिने जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेका छन् ।
मंगलबार विहान फाकफोकथुम गाउँपालिका ४ स्थित पत्रकार लिम्बूको घरमा आएर लघुवित्तका प्रमुख महेश्वर मण्डल, सहायक प्रमुख रविन यादव र कर्मचारी सौगात राईले माफी मागेका हुन् । उनीहरुले आफ्नो संस्थाको कर्मचारी सौगात राईबाट भूलवस गल्ती भएको गर्दै आगामी दिनमा त्यस्तो गल्ती नदोहोरिने प्रतिवद्धतासहित माफी मागेका हुन् । लघुवित्तको तर्फबाट आगामी दिनमा गल्ती नगर्ने प्रतिवद्धतासहित माफी मागेपछि मेलमिलाप भएको पत्रकार लिम्बूले जानकारी दिए ।
लघुवित्तका कर्मचारी राईले समाचार लेखेको विषयलाई लिएर आइतबार विहान पत्रकार लिम्बूको घरमा गएर ‘समाचार किन लेखेकोरु पत्रकार हो भने परिचयपत्र खोईरु एकलौटी समाचार लेख्नेरु म पनि युट्युबर हुँ’ भन्दै धम्क्याउनुका साथै बिनाअनुमति पत्रकार लिम्बूको भिडियो समेत खिचेर लगेका थिए ।
उक्त भिडियो सार्वजनिक नगरी डिलिट गर्ने सहमति भएको पत्रकार लिम्बूले जानकारी दिए । लघवित्तका प्रमुख मडलले आफ्नो कर्मचारीबाट पत्रकारको घरैमा गएर धम्काउनु र भिडियो खिच्नु लगत भएकाले माफी मागेको बताए । ‘उनी हाम्रो नयाँ कर्मचारी हुन् । पत्रकार लिम्बूको घरमा गएर धम्काउनु र भिडियो खिच्नु उनको गल्ती थियो । आज हामीले त्यही कुरा लिएर उहाँसँग माफी माग्यौं’ मण्डलले टेलिफोन सम्पर्कमा भने, ‘हामीले हाम्रो कर्मचारीलाई मौखिक स्पष्टीकरण लिएर माथिल्लो निकायमा समेत पठाएका छौं ।’
सो घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ इलाम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, प्रदेशसमिति एवम् प्रेस सेन्टर नेपाल इलामले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएको थियो ।
प्रशासनको ध्यानाकर्षणपछि लघुवित्तका प्रमुखसिहतको टोलि पत्रकार लिम्बूको घरमा पुगेर माफी मागेका हुन् । पत्रकार लिम्बू नेपाल पत्रकार महासं इलाम शाखा सदस्य, फोनिज इलाम शाखा कार्यसमिति सदस्य, प्रेस सेन्टर इलामका उपाध्यक्ष हुन् । लिम्बूले २०८० साउन २७ गते ‘लोकल सन्देश डटकम’मा ‘बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो’ शीर्षकमा समाचार प्रकाशन गरेका थिए ।