इलाम। नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि २०८० श्रावण २० गते देखि संचालित विशेष आन्तरिक अभियान इलाम जिल्लामा आज एक कार्यक्रम गरि सप्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेस इलाम का सभापति डम्बर बहादुर खड्का को सभापतित्व, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अभियानको इलामका लागि केन्द्रिय प्रतिनिधि डा। डिला संग्रौला को प्रमुख आतिथ्यता र नेपाली कांग्रेस कोसी प्रदेश कार्यसमिति का सह महामन्त्री तथा इलामका लागि प्रदेश प्रतिनिधि खड्ग फागो को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतिकुल मौसमका बाबजुद पनि छुट्टाछुट्टै रुपमा वडा,प्रदेश,क्षेत्र र जिल्ला स्तरीय रुपमा संचालित कार्यक्रम ले कार्यकर्तामा उत्साह थप्दै सफल रुपमा सम्पन्न भएको अभियानका प्रबक्ता रोशन बुढाथोकीले बताए। हरेक तह र तप्कामा पुगि कार्यकर्ताका गुनासा,चुनौती र अबको योजना बारे छलफल भएका कारण पार्टी थप संस्थागत र मजबुत हुने बारे प्रमुख अतिथि डा। संग्रौला ले बताइन साथै प्राप्त सुझावहरु जस्ताको त्यस्तै रुपमा केन्द्रमा पुर्याई अवगत गराउने समेत बताइन।
पार्टी भित्र रहेका केहि मतभेदहरु, केही गुनासा हरु र आवश्यकता बारे स्थानीय रुपमा नै छलफल भएको कारण कार्यकर्तामा उर्जा बढेको छ साथै अभियानबाट प्राप्त सुझावहरु लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने सभापति खड्काले बताए। कार्यक्रम पुर्णरुपमा सफल भएको र जिल्लामा अब पार्टी एक ढिक्का भएर अगाडी बड्ने समेत सभापति खड्काले बताएका छन ।