इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको भारी आफ्नो पार्टीले बोकेर नहिड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएका पुर्व प्रधानमन्त्रीहरुको फाइल नखोल्ने भनेर बाहिर आएको समाचार प्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताएका हुन् ।
उनले भने ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउँको दुखाउनु हुँदैन ।’ नेपाललाई भष्टाचार मुक्त देश बनाउन पहल सबै मिलेर गर्नु पर्ने उनको भनाई छ । कांग्रेसको बैठक सामाजिक सञ्जाल मार्फत प्रतक्ष प्रशारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रतक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने उनको भनाई छ । त्यति मात्र हैन अन्तर पाटी जुनसुकै पार्टीको बैठक पनि प्रतक्ष प्रशारण गर्ने आँट गर्नुपर्नेमा उनको जोड छ ।
महामन्त्री थापाले भ्रष्टाचारमा जोडिएका जो कोहीलाई छोड्न र उन्मुक्ति दिन नहुने उनको भनाई छ । महामन्त्री थापाले जो सुँकै ब्यक्तिसँग जोडिएका बिषय पारदर्शी हुनुपर्ने उनको माग छ । महामन्त्री थापाले अव पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय समेत पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस इलाम नगर कार्य समितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामंत्री थापाले जनता र युवा पिँडीमा रहेको नैराश्यता अन्त्य गर्न नेपाली काँग्रेसले पहल गर्नुपर्ने उनको भनाई छ । इमान्दार भएर काम गरेमा यो सम्भव हुने उनको भनाई रहेको छ ।
नेपाली कांग्रेस इलाम नगर सभापति तिर्थ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला नेताहरु भेषराज आचार्य, केशव थापा, डम्बर खड्का हिमाल कर्माचार्य, हरिकला श्रेष्ठ समेतका वक्ताहरुले मन्तब्य राखेका थिए ।