इलाम भदौ । इलाममा अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालमा केहि दिन यता विरामीको चाप बढेको हो ।अस्पतालमा ज्वरो आउने, रुखा खोकी, जिउदुख्ने, आँखापाक्ने विरामी सबैभन्दा बडि रहेका छन् । यो सँगै पहाडी जिल्ला इलाममा डेंगी रोगको संक्रमित बिरामीहरु समेत उत्तिकै मात्रामा आउन थाले अस्पताल श्रोतले जनाएको छ ।
इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। प्रभु शाहले अस्पतालमा पहिलेदेखि नै सुगर प्रेसरका रोगी धेरै आइरहेको भए पनि अहिले आँखापाक्ने, डेंगु संक्रमण भएका विरामी र स्कफ टाइफसका लक्षण भएका विरामी आइरहेको जानकारी दिए । उनका अनुसार बिशेष गरेर ज्वरो आएका बिरामी वढि रहेको बताइएको छ ।
स्वस्थ्य कार्यालय इलामका अनुसार जिल्लामा हाल सम्म १ सय ९५ जनामा डेंगु संक्रमण देखा परेको छ । सूर्योदय नगरपालिकामा डेंगुका सबैभन्दा वढि संक्रमित देखा परेको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए । उनका अनुसार फाकफोकथुम, माङ्सेबुङ र सन्दकपुर गाउँपालिकामा डेंगु रोगीहालसम्म फेला परेका छैनन् ।
अस्पतालमा इमरजेन्सी र ओपिडिमा विरामीको चाप ह्वात्तै बढेको छ । दैनिक दुई सयको हाराहारीमा बिरामी आउने गरेकोमा हाल चार सय बढि विरामी इलाम अस्पतालमा जाँच गराउन आउने गरेको बताइएको छ ।धेरै बिरामीको यहाँ उपचार सम्भव नभएपछि झापाका अस्पतालमा समेत रेफर गरिने गरिएको छ । इलाममा स्कफ टाइफसका बिरामी समेत बढेपछि झापाका अस्पतालमा पठाइने गरिएको छ ।