इलाम। माईजोगमाई गाउंपालिकाको लेखा अधिकृत संग अनैतिक कृयाकलाप गर्ने तत्कालिन प्रशासकिय अधिकृत काजीमान राईलाई कार्वाहि गर्न सिफारीस गर्ने भएको छ । गाउंपालिकाले आज पत्रकार सम्मेल गर्दै कार्यलयमा अनैतिक कृयाकलाप गरेकको कर्मचारीको आंचरण बिपरित कार्य गरेको र गाृंउपालिकाको प्रतिष्ठामा समेत आंच आउने गरी भएको कृयाकलापले गाउंपाकिा नै बदनाम भएको भन्दै प्रशासकिय राईलाई बिभागीय कार्वाहि गर्न सिफारीस गरेको गाउंपालिकाका अध्यक्ष कुश बहादुर थेबेले बताए ।
गाउंपालिकाको भदौ २१ गते को निर्णय अनुसार पालिकामा अनैतिक कृयाकलाप गर्ने प्रशासकिय राईलाई कार्वाहिको लागी संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पत्र पठाएको र लेखा अधिकृत राईलाई ७ दिनको म्याद दिई आफनो स्पष्टिकरण पेश गर्न मौका दिने र त्यस पछि कानुनी कार्वाहिको प्रकृया अगाडि बडाइने थेबेले बताए । लेखा अधिकृत राईको स्पष्टिकरण प्राप्त भई सो सम्बन्धमा आवस्यक कानुनि प्रकृया नभए सम्मको लागी लेखा अधिकृतको जिम्मेवारी बाट हटाईएको पालिकाको उप प्रमुख प्रबिना राईले बताईन ।
गत १९ गते पालिकामा प्रशासकिय अधिकृत र लेखा अधिकृतको अनैतिक कृयाकलापको सिसि टिभि फुटेज सामाजिक संजालमा बाहिरीएको थियो । फुटेज बाहिरीए संगै पालिकामा आलोतना बढेको थियो । सामाजिक संजालमा बाहिरीएको फुटेज आधिकारीक हो या होइन,कसरी सार्वजनिक भयो भनेर पनि छानमिन गर्न संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा अनुरोध गर्ने उपाध्यक्ष राईले बताईन । गांउपालिकामा गत साउन १८ गते आगलागी भयो पालिकाको पुरानो भवनको एउटा कोठामा क्षति भयो उक्त आगलागीमा १३ लाखको क्षति भएको पालिकाले बताएको छ ।
उक्त आगलागीको घट्ना छानमिन गर्न पालिका अध्यक्ष थेबेको नेतृत्वमा समिति बनियो तर समितिले कुनै निर्णय सार्वजनिक गरेन ।अनैतिक भिडियो नस्ट गर्न प्रसासकिय अधिकृतले उक्त घट्ना घटाएको भनि आलोचना समेत भएको छ । के कारण घट्ना भयो भनि छानमिन गर्नको लागी प्रबिधिकको सहायता लिने पनि राइले बताइन । प्रमुख प्रशासकिय राइ सरुवा भएर झापाको बाह्रदसी गाउंपालिका गएका छन भने लेखा अधिकृत राई काठमाडौं आफनो घरमा रहेको पालिकाले जनाएको छ ।