इलाम । इलामको माईजोगमाई गाउंपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गर्न पालिकाका प्रमुख कुश बहादुर थेबेले नै रोक लगाएको तथ्य बाहिरीएको छ । आइतबार मन्त्रालयको पत्र लिएर आएका प्रमुख प्रशासकिय अधिकृत स्काई पोख्रेललाई गाउंपालिका अध्यक्ष थेबेले आफू कार्यलय बाहिर भएको बाहाना बनाउंदै हाजिर गर्न रोक लगाएका बताएका छन । पोख्रेलका अनुसार आंफूले पत्र बुझाउन पालिका पुग्दा अध्यक्ष नभएको हाजिर गर्नको लागी नेट समेत नभएको हाजिरको ढडढा नभएको आफूले हस्पोट दिन्छु भन्दा पनि नमाने पछि जनप्रतिनिधि कर्मचारी र स्थानिय बसेर मुचुल्का बनाएर हाजिर गर्न खोज्दा पनि हाजिर गर्न अध्यक्षको अनुमति बिना नहुने भन्दै नदिए पछि आफू फर्किएको बताए ।
पोख्रेलका अनुसार भदौ ४ गते आफूले सरुवा भएको पत्र पाए आफू आउंदैछु भनि अध्यक्षलाई भन्दा पन्ध्र दिन न आउनु, ग्रीन सिग्नल आए पछि आउनु भन्ने प्रतिकृया अध्यक्षले दिएको बताए । ग्रीन सिग्नल केहो उनलाई थाहा नभएको उनको भनाई छ । उनको हाजिर गर्ने आज अन्तिम म्याद भएकोले हाजिरको लागी आउंदा हाजिर गर्न नपाएको उनको गुनासो छ । उता गाउंपालिका अध्यक्ष कुश बहादुर थेबेले भने आफू कार्यलयमा नभएको कारण हाजिर नभएको आए पछि हाजिर गराउने बताएका छन । पछिल्लो समय माइजोगमाई गाउंपालिकामा बिभिन्न घटनाहरुले सामाजिक संजाल तताईरहेको छ ।
केहि समय अगाडि पालिकाको प्रसासकिय अधिकृत र लेखा अधिकृतको कार्यलयमा अनैतिक भिडियो सार्वजनिक भए पछि प्रसासकिय अधिकृत राईको ठाउंमा मन्त्रालयले पोख्रेललाई पठाएको थियो । पोख्रेलका अनुसार आफूले पटक पटक सम्पर्क गर्दा समेत अध्यक्ष सम्पर्कमा नआए पछि छिमेकिको सहायतामा सम्पर्क गरी आएको बताए । मन्त्रालयले पत्र सहित पठाए पछि अध्यक्षले रोक्ने कुनै आधार नभए पनि के कारण हाजिर हुन दिईएन भन्ने कुरा नबुझिएको उनको भनाई छ । हाल पालिका प्रमुख प्रसासकिय र लेखा अधिकृत बिहिन छ ।पालिकाको यस्तो गतिबिधिले नागरीकलाई प्रत्यक्ष असर परेको छ ।







