इलाम । राष्ट्रिय सूचना आयोगका सुचना आयुक्त रत्न प्रसाद मैनालीले सुचना लिनु नागरिकको मौलिक अधिकार भएकाले सूचना लिन ढिलो गर्न नहुने बताएका छन । इलाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मैनालीले सूचना लिने र दिने बानी भएमा मात्र सुशासन कायम हुने औल्याए ।
स्थानीय तहका जनप्रतिनीधि, कर्मचारी, समुदाय समूह, संचारकर्मी एवम् सरोकारवालाहरुसँग भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, इलाम नगरपालिकाकी उप प्रमुख विष्णु दाहाल लगायत विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुचना लिने दिने प्रकृयाका विषयमा सहभागिहरुले जिज्ञाशा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले सुचना दिने क्रममा कुनै कार्यालयको सुचना अधिकारीले नदिएमा कारबाहि गरिने बताए । प्रश्नको जवाफ दिदैं पोख्रेलले कुनै पनि राष्ट्र सेवक कर्मचारीलाई हाजिर गर्न कसैले रोक्न नसक्ने पनि बताए उनले जनप्रतिनिधिहरु
नागरीकको सेवामा लाग्नु पर्ने बताउंदै कर्मचारीको हाजिर रोक्ने कृयाकलाप गलत भएको बताए । नागरीकको हक अधिकारको बिषय भएकोले सबैले आवाज उठाउनु पर्ने पनि बताए । सम्पूर्ण ंचारकर्मीहरुले बढि भन्दा बढि प्रश्न सोधेर सुचनाको हकलाई उजागर गर्न आग्रह समेत गरे ।