काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताएका छन् ।
विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने उनले बताएका हुन् ।
चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमास्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने विषयमा छलफल केन्द्रित हुने समेत वताएका छन् ।