अर्काठमाडौं । शुक्रबार राति काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
गैह्रीगाउँ स्थित रहेको दिव्य स:मिलमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।
हत्या गरिएका चारै जना सोही स:मिलमा कार्यरत थिए । घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकहरुकाे शव पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाको यकिन कारण नखुलेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले वताएकाे छ ।