काठमाडौं । अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगर-१७ मा रहेको पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले जरिवाना तिराइएको अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिएका छन् ।
साथै बजारमा गएका सम्पूर्ण अखाद्य वस्तुहरु समेत फिर्ता ल्याउन निर्देशन दिई सकिएकाे वताएका छन् ।