इलाम । इलाम७ वटा अ ले प्रख्यात जिल्ला हो । ७ वटा अ मध्ये अकबरे पनि एक हो इलामका अधिकांश किसानहरुले अकबरे खोर्सानी खेति गर्छन र मनग्ये आम्दानी पनि लिदै आएका छन । तर पछिल्लो समय अकबरेमा रोग लागेर बोट मर्दै बगान नै सखाप हुन थाले पछि इलामका अकबरे खेति गर्ने किसानहरुलाई चिन्ता उत्पन्न हुन थालेको छ ।
इलामको अधिकांश ठाउंहरुमा अकबरे खोर्सानी खेति हुन्छ । अकबरे खेति बाट इलामका किसानहरुले मनग्ये आम्दानी लिने गरेका छन । अझ भन्ने हो भने इलामका किसानहरुको आर्थिक स्तर उकास्ने राम्रो खेतिको रुपमा अकबरेलाई लिईन्छ । अकबरे खोर्सार्नी सिजनमा प्रति केजी ५०० सम्म बिक्ने गर्दछ । प्राय जसो इलामका सबै ठाउंहरुमा यो खेति हुने गरेको छ । तर पछिल्लो समय अकबरे रोग लागेर मर्न थाले पछि किसानहरु समस्यामा परेका छन ।
फलेको अकबरेको बोटको पात सुक्ने बोट मर्ने गरेर बगान सबै सकिन थाले पछि किसानहरु निरास बन्न थालेका हुन । माईजोगमाई १ प्रमेजुङ्गका नेत्र दाहालले पनि अकबरे बाट राम्रो आम्दानी लिने उद्धेश्यले आफ्नो बारीमा अकबरे खेति गरेका थिए उनको आम्दानी लिने सपना सपनामै रहयो गोडमेल गरी फल लिने बेला भए पछि उनको अकबरे खेतिमा रोग लागेर बगान नै सखाप भयो । उनी भन्छन अकबरे खेतिमा धेरै दुख हुन्छ । दुख गरेर आम्दानी लिने बेलामा बगान नै सबै मर्दा किसानलाई खेति गर्ने नै जांगर मर्दो रहेछ । त्यस्तै सोहि ठाउंका मिलन खड्काले पनि अकबरे खोर्सानी खेति गरेका थिए ।
उनले आफनो बारीमा १५०० ओटा अकबरे रोपेका थिए । उनको एक टिपाईमा १०० किलो अकबरे उत्पादन गर्ने लक्ष्य थियो तर उनको पनि बगानमा लटरम्म अकबरे पाके पछि सबै बोट मरेर बगान नै रित्तिएको छ । चांडबाड मनाउन ठूलो राहत दिने अकबरे खेति नै सबै बगान मासिए पछि समस्या भएको बताउंछन । मर्न थाले पछि अनेक औषधि प्रयोग गर्दा पनि रोक थाम नभए पछि बचाउन नसकिएको उनीहरु बताउंछन । गाउंपालिकामा किसानहरुलाई भनेर बिभिन्न बिउ बिजन औषधिहरु आएको हुन्छ लिन भनेर जांदा कहिले नहुने त कहिले सकएको भनेर रित्तै फर्किनु पर्ने किसानहरुको गुनासो रहेको छ । किसानहरुको मुख्य आयस्रोतको रुपमा रहेको अकबरेमा यस्तो रोग आए पछि किसानहरुमा चिन्ता बढ्नुको साथै कृषिमा पनि चुनौति थपिएको छ ।