इलाम । कृषि प्रविधि , वातावरण प्रवद्र्धन स्थानीयको क्षमता बढाउने उदेश्यले इलाम नगरपालिका ११ को बेलासे गाउँमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा गरिएको छ । स्थनीय समुदायको सहभागितामा जलवायु अनुकुलित गाउँ योजना तयारी कार्यशाला आयोजना गरी योजनात र्जुमागरिएको हो ।
जलवायु र अन्यकारणले जोखिममा रहेको बेलासे गाउँमा बस्ती स्तरीय योजना तर्जुमा भएको हो । आयोजक नामसालिड। सामुदायिक विकास केन्द्रका विनोद निरौलाले योजना तर्जुमा गर्दा जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन गर्ने क्रियाकलापहरु योजनामा समावेश गरिएको जानकारी दिएका छन् । यस्तै स्थानीय प्रविधि, स्थानीय सीप र वातावरण मैत्रीविकास पद्धती समेटेर योजना सहभागिमुलक रुपमा निर्माण गरिएको हो । कार्यशालामा समुदायक २६ पुरुष र १२ महिला सहित ३८ जना सहभागि भएका थिए । कार्यशालाको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका विनोद निरौला र शान्तिराम घिमिरेले गरेका थिए।
कार्यशालाकै क्रममा कार्यक्रम क्षेत्रका ५० घर धुरीहरुलाई १८ प्रकारका सागसव्जिको विजनहरु समेत वितरण गरिएको थियो । कार्यक्रमश्री बेलासी नमूना कृषक समूहका अध्यक्ष बुद्ध बहादुर लोक्तामको अध्यक्षतामा संचालन भएको थियो । सि।एफ।एल।आई क्यानडाको वित्तिय सहयोग, इलाम नगरपालिकाको समन्वय तथा साझेदारी तथा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले जलवायु मैत्री आयोजना बेलासमो संचालन गरेको छ ।