झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बनियानी झापाको गाडीले ठक्कर दिदा दुईजना गंभीर घाइते भएका छन् ।झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान १०।२५ बजे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को बोलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्रीहरु कन्काई ३ बस्ने ६२ वर्षिया भूमिका तिम्सिना र भद्रपुर ५ बस्ने ४५ वर्षिय विनोद मण्डल घाइते भएका हुन् ।
दाहिने खुट्टा र दाहिने हातमा चोट लागेकी तिम्सिनाको अबस्था गंभीर रहेको छ भने बायाँ खुट्टामा चोट लागेका मण्डलको अबस्था सामान्य रहेको छ । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।