ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज ७ गते, १६:४२ बजे
गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा
30
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ ।बिर्तामोडका व्यवसायी विष्णुबहादुर राई, राजेन्द्र थापा, टंकप्रसाद उप्रेती र मणिकुमार प्रसाईंसँग २०७३ पुसमा नै गिरीले जग्गा दिने भन्दै रकम लेनदेन गरेको खुलेको हो । सो समयमा गरिएको कागजमा ३७ करोड ५० लाख रुपैयाँ राई, थापा, उप्रेती र प्रसाईंको समूहले गिरीबन्धु टि–स्टेटको नाममा एसबिआई बैंक बिर्तामोडमा जम्मा गर्ने सहमति भएको उल्लेख छ ।

बैंकमा जम्मा भएको सो रकम गिरी बन्धु टि–स्टेटका सञ्चालक छत्रबहादुर गिरीले जग्गामा उत्पन्न किचलो मेटाउने तथा सट्टापट्टा सम्बन्धी काममा खर्च गर्ने जनाइएको छ । सो कार्य गर्नका लागि दुवै पक्षको सहमति आवश्यक पर्ने पत्रमा उल्लेख छ ।जग्गाको सट्टापट्टा तथा किचलो मेटाएपछि पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको २५२ बिघा जग्गा गिरीले व्यवसायीको त्यो समूहलाई बिक्री गर्ने सहमति भएको पाइएको छ । कुल ३३९ बिघा १९ कठ्ठा जमिनमध्ये २५२ बिघा जग्गा खरिद गर्नका लागि झापाका व्यवसायीको समूहले ३७ करोड ५० लाख रुपैयाँ ‘आवश्यक प्रक्रिया मिलाउन’ दिएको पाइएको छ ।

वर्षौंअघि देखि प्रयास गरेको भए पनि गिरी समूहले २०७८ सालमा मात्र मन्त्रिपरिषदबाट भूमिसुधार ऐन संशोधन गराउन सफल भएको थियो । भूमिसुधार ऐन संशोधन गराएर त्यस जग्गाको सट्टामा पृथ्वीनगरमा जग्गा खरिद गरेर चिया बगान स्थानान्तरण गर्ने योजना बनेको थियो ।बिर्तामोडको मुख्य सहरसँग जोडिएको सो जग्गा अर्बौं मूल्यमा कारोबार हुन्छ । मूल्यवान जग्गा भएका कारण व्यवसायी दिपक मलहोत्रादेखि झापाका जग्गा व्यवसायीको आँखा त्यस जग्गामा परेको हो । पूर्वपश्चिम राजमार्गले छुने त्यस जग्गासँगैको ५१ बिघा जग्गा पनि २०६१ सालमा गैरकानुनी रुपमा हक हस्तान्तरण गरी बिक्री वितरण भएको थियो ।झापा टुडे बाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist