काठमाडौं । प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।
शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि जनाइरहेका उनीहरूले आइतबार पनि माइतीघरमा प्रदर्शन गरेका छन् ।राहत शिक्षक लाई स्थायित्व गर्नुपर्ने, पेन्सन वञ्चित शिक्षकहरू लाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षक र शिक्षिकालाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखी विरोध प्रदर्शन गरेका छन् ।माइतीघर देखि वानेश्वर सम्म र्याली सहित आन्दोलन चर्काइरहेका छन् ।







