काठमाडौं । नेपालमा कानुन बनेपनि कार्यान्वयनकाे अवस्था फितलाे रहेकाे सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले वताएकी छिन् ।
राष्ट्रिय सूचना आयाेगद्वारा सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उनले साे कुरा वताएकि हुन् । जनताकाे पहुँच स्थापित गर्न सूचनाको हकले मद्दत गर्नुकाे साथै नागरिकलाई बलियो बनाउन पनि सहयाेग गर्ने वताएकी छिन् ।
सरकारी, गैरसरकारी निकायकाे मद्दतले सूचनाको हककाे पहुँचमा मद्दत पुगेकाे बताउँदै सूचना लुकाउने र नदिने निकायलाई कडा कारबाही गर्न आवश्यक रहेकाे वताईन् ।
सूचना मागकर्ता र सार्वजनिक निकायकाे लागि सहयाेगि पुस्तिका समेत विमाेचन भएको छ ।
कार्यक्रममा आयाेगका अध्यक्ष महेन्द्रमान गुरुङ, आयुक्त रत्नप्रसाद मैनाली, कमला ओलि समेतकाे उपस्थिति रहेको थियाे ।