बिनु खड्का इलाम । नेपालमा रोजगारीको अभाव देखाउंदै दैनिक युवाहरु बिदेश पलायन भईरहेका छन । दैनिक हजारौंको संख्यामा नेपालीहरु कमाउनको लागी खाडि मुलुकहरुमा रात दिन पसिना बगाई रहेका छन । तर इलाम माईजोगमाईका दुई दाजुभाई युवाले नेपालमै बसेर च्याउ व्यवसाय गरेर मासिक लाखौ आम्दानी लिईरहेका छन । उनीहरु हुन घनेन्द्र र राम प्रसाद काफ्ले । आत्मनिर्भर हुनको लागी बिदेशनै जानु पर्दैन नेपालमै बसेर व्यवसाय गर्ने हो भने प्रसस्त आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेका छन ।इलामको माईजोगमाई गाउंपालिका ६ प्याङका काफ्ले दाजुभाई सिताके च्याउ खेतिमा लागेका छन । उनीहरुले च्याउ उत्पादन गरी बिभिन्न बजारहरुमा लगेर बिक्रि गरी मासिक लाखौ आम्दानी लिदै आएका छन । ३ वर्ष अगाडी बाट च्याउ खेति सुरु गरेका उनीहरुले सूरुमा ब्यवसायमा धेरै लगानी गरे अर्काको जमिनमा ब्याजमरौनी हालेर सिताके च्याउको लागी ३० लाख लगानी गरेर संरचना निर्माण गरेर सिताके सुरु गरेका थिए केहि समय पछाडी उक्त जमिन खालि गर्नु परेकोले बनिएको संरचना भत्काउंदा धेरै समस्या झेल्नु परेको पनि बताउछन ।
पछि आफ्नै पुरानो घरमा सारेर व्यवसाय संचालन गर्दै आएका काफ्ले दाजु भाइले अहिले मासिक ३ सय किलो भन्दा माथि च्याउ यत्पादन गर्न थालृका छन । उनीहरुले उत्पादन भएको च्याउ नेपालको बिभिन्न बजारहरुमा र केहि भारतका बजारहरुमा पनि बिक्रि गर्ने गरेका छन । सुरुमा बिचौलियाको भरमा व्यापार गर्दा धेरै घाटा भए पछि अहिले आफै ग्राहकको सम्म च्याउ लगेर बेच्ने गरेको व्यवसायी घनेन्द्र काफ्लेको भनाई छ ।
कसरी फल्छ सिताके च्याउ ?
कट्टुसको मुडामा बिउ रोेपेर ४ महिना सम्म मुडालाई घाम नलाग्ने डाउंमा राखे पछि उत्पादन दिन थाल्दछ ।
प्रत्येक ५१ दिनमा मुडालाई पानीमा चोबलेर फेरी राख्नु पर्दछ ।
एक पटक प्रयोग भएको मुडाले ५ वर्ष सम्म उत्पादन दिने गर्दछ ।
५ सय मुडा बाट सुरु गरेको च्याउ खेति अहिले ३५ सय मुडामा गरीदै आएको छ । मासिक ३ सय किलो भन्दा बढि उत्पादन हुने च्याउको मुल्य बजारमा ६ सय देखि १२ सय सम्म प्रति किलो बिक्रि हुने गरेको छ ।प्रति महिना १ लाख ५० हजार सम्म कमाउदै आएको व्यवसायीहरु बताउंछन । सिताके च्याउलाई सुकाएर सुकुटि बनाएर पनि बिक्रि गर्ने गरीन्छ । सुकुटि बनाएको च्याउ प्राय जसो बिदेशमा धेर लग्ने गरेका छन सुकुटि बनाएको च्याउको मुल्य १२ हजार सम्मले बेच्ने गरेका छन । पछिल्लो समय नेपाली युवाहरु पैसा कमाउन बिदेशीने लहर नै चलिरहेको छ तर नेपालमै बसेर आधुनिक श्रोत साधनको प्रयोग गरेर कुनै व्यवसाय गर्ने हो भने बिदेशमा दुख गरीरहन पर्देन भन्ने उदाहरण काफ्ले दाजुभाई बनेका छन ।