इलाम । राष्ट्रिय प्रजातन्त्र पाटिर्ले जिल्ला कार्य समिती इलामले नविन राप्रपाको भुगोल केन्द्रीत अवधारणा बिषयक छलफल तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । पार्टि कार्यलयमा सम्पन्न कार्यक्रममा राप्रकाका केन्द्रिय सदस्य तथा शिक्षा साखा प्रमुख डा. राजेश गिरीले पछिल्लो समय राप्रपाले केन्द्र बाट सबै जिल्लामा प्रतिनिधि खटाई पार्टिलाई चलायमान बनाउनको लागी पहल सुरु गरीएको बताएका छन । पार्टिको हित र चलायमान बनाउनको लागी पार्टिका पुराना नेताहरुलाई संरक्षण गर्दै नयां पुस्तालाई अवसर प्रदान गर्न पनि सुरु गरीएको बताए । उनले देशको राजनैतिक अवस्था अस्तव्यस्त भएको समयमा देशलाई प्रगतीमा लैजानको लागी राप्रपा सधै अघि बढिरहने पनि बताए ।
संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको मृत्यु पछि इलामको क्षेत्र नम्बर २ मा हुने निर्वाचनमा पनि यो कार्यक्रमले टेवा पुग्ने जिल्ला अध्यक्ष राजेन्द्र चौहानले बताए । असोज ८ गते देउमाई नगरपालिका बाट इलाममा सुरु गरीएको अभियान १४ गते माई नगरपालिका र १५ गते ईलाम नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका नेता देखि युवाहरुको उपस्थित रहेको थियो ।