काठमाडाैँ । मंगलबार साँझ सुनसरीको बराहक्षेत्रबाट ‘धर्मगुरू’ आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विवादस्पद अभिव्यक्ति दिएको आरोपमा सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रीनिवासलाई नियन्त्रणमा लिएको हो । हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।