काठमाडौं । चाडपर्वको अवसरमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले खाद्य तथा गैरखाद्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने अनुचित कार्यहरू गर्नेलाई कानुन अनुसार कारबाही गर्ने निर्णय गरिएको उनले वताएकी छिन्। यस विषयमा उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराउने पनि निर्णय भएको उनले बताइन् ।