काठमाडौं । भदौ २० गते कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका यादवमाथि खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा राखिएको साक्षात्कार कार्यक्रम चित्तबुझ्दो भाषण नगरेको भन्दै उनले खुकुरी प्रहार गरेको बयान प्रहरी समक्ष दिएको स्रोतले वताएको छ ।
‘कार्यक्रममा यादवले मन्तव्य राख्ने क्रममा ललिता निवास जग्गा प्रकरणणमा मुछिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बालकृष्ण खाण, टोपबहादुर रायमाझी समेत निर्दोष रहेको अभिव्यक्ति दिएकाले मलाई असहय भई रहेको थियो,’ सापकोटाले बयानमा भनेका छन् ।