धनकुटा । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले वडा, जिल्ला तह देखि नै अव कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको अभियान शुरु गर्नु पर्नेमा जाेड दिएका छन् ।
धनकुटामा पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्दै युवा नेता पाैडेलले साे कुरा वताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले नेपाली कांग्रेस यही स्थितिबाट अगाडी बढे सफलता प्राप्त गर्न नसक्ने भएकाले नेपाली कांग्रेस भित्र रुपान्तरण आवाश्यक भएकाले केन्द्रमा आफुहरुले वारम्वार आवाज उठाई रहेकोले अव वडा, पालिका, क्षेत्र र जिल्लाबाट सशक्त ढंगले रुपान्तरणका लागी अभियान संचालन गर्नु पर्ने वताएका छन् ।
नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य गंगाराम ढुंंगाना, पार्टी प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, जिल्ला सदस्य राजेन्द्र पौडेल, प्रदेश महाधिवेशन प्रतिनिधि ईश्वरी सुवेदी, स्वतन्त्र विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल, नेपाली कांग्रेस धनकुटा वडा नं. १ का सभापती विर वहादुर तितुङ्ग, भैरवा पाँचकोटी र विद्यार्थी नेताहरु लगायतले नेता तथा सांसद पौडेललाई धनकुटा कांग्रेसको अवस्था र पार्टी सुदृढीकरणको वारेमा जानकारी गराएका थिए ।
उनीहरुले नेता पौडेललाई आशा र भरोसाका युवा नेताहरुले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको गर्नका लागी नेतृत्व गर्न अनुरोध गरेका थिए ।