काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।
भेटमा सरकारलाई यथाशिघ्र पूर्णता दिनेबारे छलफल भएको उनको भनाई छ ।
दाहालले यसअघि माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।